+
+

टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन शेखर कोइरालाको माग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १९:५५

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय गरेको भन्दै  खेद व्यक्त गरेका छन् ।

सरकारले आज सोमबार टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

नेता कोइरालले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरुका बारेमा सरकारलाई स्मरण: गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?