+
+

४०० पुरुषबाट प्रस्ताव आउँदा पनि एक्लै !

एजेन्सी एजेन्सी
२०८० कात्तिक २८ गते ९:१९

साँचो प्रेम भलै निकै मुस्किलले प्राप्त हुन्छ । तर दुनियाँमा कैयन् यस्ता मानिसहरु छन् जो सधैं साँचो प्रेम पाउने आशामा जिन्दगी जिइरहेका हुन्छन् तर पाइरहेका हुँदैनन् ।

फ्रान सायरको कथा पनि यस्तै छ । ५५ वर्षकी सायर एकजना डिभोर्सी आमा हुन् ।

घरबार बसाउने चाहनाले गर्दा अहिलेसम्म ४०० भन्दा धेरै पुरुषबाट बिहेको प्रस्तावको बाढी आए पनि अहिलेसम्म आफू एक्लै रहेको उनको दुखेसो छ ।

फ्रानले पछिल्लो केही समयदेखि आफ्ना लागि मनमिल्ने जोडी खोजिरहेकी छिन् । त्यसका लागि उनी हिन्ज तथा बम्बल जस्ता अनलाइन डेटिङ साइटहरुमा पनि गइन्, तर सफलता प्राप्त हुन सकेको छैन ।

उनीसँग १८ देखि २१ वर्षसम्मका त्यस्ता युवाहरुले सम्पर्क गरे जसले आफुभन्दा पाका महिलाहरुसँग सम्बन्ध स्थापित गर्न चाहन्थे ।

त्यस्तै जो पुरुषहरुले उनीसँग बिहेको कुरा गरे उनीहरुमध्ये अधिकांश वृद्धावस्था वा पाको उमेरका पुरुषहरु थिए ।

डेलीस्टारसँग कुराकानी गर्दै फ्रान भन्छिन्, ‘मसँग बिहेका करिब ४ सय प्रस्ताव आए र ती मेरो उमेरका आसपासको उमेरका थिए । उनीहरुको उमेर ४८ देखि ५० वर्षसम्म थियो ।’

मिल्दो उमेरको प्रेमी फेला पर्नुका बाबजुत फ्रान किन आफ्नो उद्धेश्यमा सफल हुन सकिनन् त ?

यस विषयमा उनले रोचक तर्क दिएकी छिन् । फ्रानका अनुसार सुरुमा त सबै कुरा ठिक हुन्छ तर जब पुरुषहरुसँग च्याटिङ अघि बढ्छ तब उनीहरुले आफ्नो वास्तविक रङ देखाउन थाल्दछन् । कुरा गर्दै जाँदा पुरुषहरुको उद्धेश्य सम्बन्धलाई दीर्घकालीन रुपमा अगाडि लैजाने नभएको कुरा थाहा हुने गरेको उनी बताउँछिन् ।

फ्रानका अनुसार अधिकांस पुरुषहरुलाई त सोसल मिडियामा महिलाहरुसँग कसरी कुराकानी गर्ने र कस्तो व्यवहार गर्ने भन्ने पनि थाहा छैन ।

सोसल मिडियाप्रति पनि फ्रानको गुनासो छ । सोसल मिडियामा साँचो प्रेम र सम्बन्धको कुनै कदर नरहेको र भविष्यमा एकदिन सोसल मिडियाले साँचा प्रेमलाई समाप्त गरिदिने उनी बताउँछिन् ।

यद्यपि एकदिन कुनै सम्मानित व्यक्तिबाट आफुलाई सच्चा प्रेम प्राप्त हुने र भविष्यमा खुसीसाथ रहन सक्ने उनको अपेक्षा छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?