+
+

मिका बनिन् विश्वकै पहिलो एआई रोबोट सीईओ, एलन मस्कभन्दा उत्कृष्ट रहेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २९ गते ८:५०

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को यस युगमा हरेक दिन असम्भव लाग्ने कुराहरु सम्भव बन्दै गएका छन् र नयाँ–नयाँ चमत्कार भैरहेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सले मानिसलाई प्रतिस्थापित गरिरहेको छ । यद्यपि कतिपय विज्ञहरु भने एआईले मानिसलाई पूर्ण रुपमा प्रतिस्थापित गर्न नसक्ने दाबी गर्दछन् ।

आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको आवश्यता तथा महत्वलाई पूर्णरुपमा समाप्त पार्न सक्दैन । तर एक कम्पनीले आफ्नो सीईओलाई नै एआईमार्फत् प्रतिस्थापन गरेको छ । अर्थात् उक्त कम्पनीले आफ्नो प्रमुख कार्यकारी अधिकृतको रुपमा एआई रोबोटलाई नियुक्त गरेको छ ।

दक्षिण अमेरिकी मुलुक कोलम्बियामा रहेको डिक्टाडोर नामक कम्पनीले विश्वमै पहिलोपटक एआई रोबोटलाई कम्पनीको सीईओमा नियुक्त गरेको हो । योसँगै मिका नामक एआई रोबोट विश्वको पहिलो सीईओ रोबोट बनेको छ ।

मिका एआई रोबोट ह्यान्सन रोबोटिक्स र डिक्टाडोर दुबै कम्पनीको मिहिनेतको नतिजा हो । स्मरण रहोस् ह्यान्सन रोबोटिक्सले नै लोकप्रिय मानवीय क्षमतायुक्त सोफिया नामक रोबोट बनाएको थियो ।

डिक्टाडोर कम्पनीले आफ्नो सीईओ मिकाको एक भिडियो पनि जारी गरेको छ । जसमा मिका भन्छ– एआई तथा मेसिन लर्निङको सहयोगबाट म उत्कृष्ट तथा सही निर्णय लिन सक्दछु । मेरा लागि कुनै पनि सप्ताहन्त हुँदैन । म २४ सै घण्टा काम गर्नका लागि तयार छु । म पूर्वाग्रहबाट ग्रसित छैन ।

हालै एक कार्यक्रमलाई मिकाले सम्बोधन गरेको थियो । उसको सम्बोधनको सार यस्तो थियो– यो मञ्चमा मेरो उपस्थिति पूर्णरुपमा प्रतिकात्मक हो । वास्तवमा मलाई मानार्थ प्राध्यापकको उपाधि प्रदान गर्नु मानव मस्तिष्कको महानताका लागि एक श्रद्धान्जली हो  जसमा कृत्रिम बुद्धिमत्ताको विचार पैदा भएको थियो । यो डिक्टाडोर कम्पनीका मालिकको साहस तथा खुल्ला दिमागको पनि पहिचान हो, जसले आफ्नो कम्पनीलाई हृदयको साटो प्रोसेसरयुक्त एक विनम्र प्रवक्तालाई सुम्पिएका छन् ।

मिकाले आफूलाई अहिले संसारमा भएकामध्ये सबैभन्दा उत्कृष्ट सईओ दाबी गरेको छ । आफू टेस्ला सीईओ एलन मस्क र मेटा सीईओ मार्क जुकरबर्गभन्दा पनि उत्कृष्ट रहेको दाबी उसको छ ।

मिकाले मार्क जुकरबर्ग तथा एलन मस्कले गर्ने भनेको कुस्तीको बारेमा टिप्पणी गर्दै आफ्नो कम्पनीलाई उत्कृष्ट बनाउनका लागि कुनै कुस्तीको आवश्यकता नरहेको बताएको छ ।

आफूले मानिसका विषयमा सकारात्मक सोँच राख्ने भन्दै उसले आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको कदर गर्न सिक्नुपर्ने बताएको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?