+
+

भक्तपुरमा पोखरीमा डुबेर १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २९ गते १०:५३

२९ कात्तिक, काठमाडौं । भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नं. ४ नासमाना बस्ने वर्ष ५३ को सुमन राजभण्डारी रहेका जिल्ला प्रहरी परिसर भक्तपुरमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

मंगलबार बेलुकी पोखरीमा मानिस डुबेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले राजभण्डारीलाई उद्धार गरेर भक्तपुर अस्पताल लगेको थियो ।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको  पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?