+
+

झापामा भैंसीसित मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु   

रासस रासस
२०८० कात्तिक ३० गते १०:२५

३० कात्तिक, दमक (झापा)  । झापामा भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ ।

तीव्रगतीका कारण मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?