+
+

दशैंपछि तिहारसम्मको २० दिनमा तास खेल्दा १३३ समातिए, २१ लाख बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते १५:४२

३० कात्तिक, काठमाडौं । प्रहरीले दशैं सकिएपछि तिहारसम्मको अवधिमा तास र लगुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएका थिए । उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको कार्यालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले जानकारी दिए । यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले बरामद गरेको थियो ।

प्रहरीका अनुसार ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको छ । काठमाडौंको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेका एसएसपी न्यौपानेले जानकारी दिए ।

प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको छ र ३४४ प्याकेट पटाका बरामद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?