+
+

‘टाइगर ३’लाई विश्वकप क्रिकेटको चुनौती, ५०० करोडको प्रक्षेपण साँघुरियो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते १८:३६

काठमाडौं । सलमान खान स्टारर ‘टाइगर ३’ले चौंथो दिनसम्म भारतीय बक्स अफिसमा १६२ करोड भारु कमाएको छ । पिंकभिल्लाका अनुसार चौंथो दिन फिल्मले २०.५० करोड भारु कमायो ।

भारतमा जारी क्रिकेट विश्वकपको सेमिफाइनल खेलले फिल्मको चौैंथो दिनको कमाइ प्रभावित भएको अनुमान छ । भाइटीकामा फिल्मको कमाइ २६ देखि २८ करोड हाराहारीमा रहेको बताइएको छ ।

यी संख्या हेर्दा अब फिल्मले ५०० करोड भारु कमाउने प्रक्षेपण साँघुरिएको छ । यसका लागि अबको दुई सातामा कमाइको ट्रेन्ड कस्तो देखिनेछ, यसले भविष्य निर्धारण गर्नेछ ।

फिल्मको पहिलो साताको कमाइ २२ करोड हुनसक्ने अनुमान छ । तर, दोस्रो आइतबार विश्वकपको फाइनल खेल हुने भएपछि पुनः फिल्मको कमाइमा धक्का अवश्य लाग्नेछ । जसले गर्दा पहिलो साताको कमाइ अपेक्षाअनुसार हुनेछैन ।

भारतमा क्रिकेटको समयमा फिल्मको प्रदर्शन समेत प्रभावित भएको विगत छ । जुन ‘टाइगर ३’मा समेत स्पष्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?