+
+
फ्राइडे रिलिज :

हलमा लाग्यो हलिउडको ‘द हंगर गेम्स’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १२:१२

काठमाडौं । शुक्रबारदेखि नेपालमा हलिउडको प्रतीक्षित फिल्म ‘द हंगर गेम्स : द ब्यालाड अफ सङ्बर्ड्स एण्ड स्नेक्स’ प्रदर्शनमा आएको छ ।’दिमाग खराब’ र ‘टाइगर ३’ प्रदर्शन भइरहँदा यो हलिउड फिल्म विश्वभर प्रदर्शनमा आएको हो ।

फ्रान्सिस लरेन्स निर्देशित फिल्मलाई ‘डिस्टोपियन एक्सन फिल्मअन्तर्गत राखिएको छ । सुजैन कलिन्स लिखित सन् २०२० को उपन्यास ‘द ब्यालाड अफ सङ्बर्ड्स एण्ड स्नेक्स’मा यो फिल्मको कथावस्तु आधारित छ ।

यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘हंगर गेम्स’को प्रिक्वेल हो भने ‘हंगर गेम्स’ श्रृंखलाको फिल्म हो । फिल्ममा टम ब्लिथ, रेचेल जेगलर, पिटर डेंकलेज, हन्टर स्याफर लगायतको शीर्ष भूमिका छ ।

पहिलो फिल्मभन्दा ६४ वर्षअघिको कथा सेट गरिएको यो फिल्मले कोरियोलानस स्नो नामक एक पात्रको घटनालाई पछ्याउँछ, जो पानेमको अन्याचारी शासक बन्नेतर्फ प्रेरित हुन्छ । जेनिफर लरेन्सको शीर्ष भूमिका रहेको हंगर गेम्सका अघिल्ला श्रृंखलालाई नेपालमा समेत रुचाइएका छन् ।

शुक्रबारदेखि नेपाली फिल्म ‘दिमाग खराब’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साता सन्तोषजनक कमाइ गरेको ‘दिमाग खराब’ले दोस्रो सप्ताहन्तमा समेत राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?