+
+

अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितलाई ५ करोड १८ लाख रुपैयाँ बराबरको सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १४:१४

१ मंसिर, काठमाडौं । अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि ६ लाख अष्ट्रेलियन  डलर* (५ करोड १८ लाख ५२ हजार रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।

यो सहयोग रकम भूकम्प प्रभावितलाई आपतकालीन सेवा प्रदान गर्न र जीवन रक्षाका लागि उपयोग गरिने अष्ट्रेलिया सरकारले जनाएको छ । यस्तै सहयोग क्षतिग्रस्त सार्वजनिक पूर्वाधार निर्माणमा पनि प्रयोग हुने छ ।

जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति गएको ५.७ म्याग्निच्युडको भूकम्पले १५४ जनाको ज्यान गएको छ भने ३७५ जना घाइते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छन् ।

*यसअघि अमेरिकी डलर उल्लेख भएकोले सच्याइएको छ । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?