+
+

‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १३:४३

काठमाडौं । आशुसेन फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘बलिदान’को शीर्ष भूमिकामा सौगात मल्ल अनुबन्धित भएका छन् । अभिनेता मल्ल र निर्माताबीच शनिबार लिखित सम्झौता भएको छ ।

यसअघि अर्पण थापा पनि अनुबन्धित भइसकेका छन् । अनलाइनखबरलाई प्राप्त तस्वीरमा सौगातसहित फिल्मको टोलीलाई देख्न सकिन्छ । मल्लसहित निर्देशक सन्तोष सेन, वितरक गोविन्द शाहीलगायत निर्माता तस्वीरमा छन् ।

फिल्ममा सौगातले एन्टीहिरोको भूमिका निर्वाह गर्ने जानकारी स्रोतले दिएको छ । पुस पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई सामाजिक-राजनीतिक ड्रामा भनिएको छ ।

निर्माताले तिहारको लक्ष्मीपूजाको दिनमा टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तुबारे जानकारी दिएका थिए । जसअनुसार फिल्म तराई-मधेशमा हुने राजनीतिक घटनाक्रममा आधारित हुनेछ ।

‘प्रेमगीत’ फेम्ड निर्देशक सन्तोष सेनले यो फिल्मको निर्माणमा पवन विष्टसँग सहकार्य गर्दैछन् । मधेश प्रदेशका विभिन्न ठाउँमा छायांकन हुने बताइएको यो फिल्मको पटकथाबारे ‘स्क्रिप्ट डाक्टर’ मनोज पण्डितसँग बसेर छलफल हुने सेनले बताए । अन्य कलाकार चाँडै टुंगो लाग्ने जनाइएको छ ।

आशुसेन फिल्म्सले ‘प्रेमगीत’जस्ता व्यावसायिक हिट फिल्महरु निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?