+
+

जब ६ मिनेटको दृश्यका लागि ब्राड्ली कुपरले ६ वर्ष अभिनय सिके

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १६:५७

काठमाडौं । एकछिन प्रतिबद्धताको बारेमा कुरा गरौं । हलिउड अभिनेता ब्राड्ली कुपरले फिल्म ‘माएस्ट्रो’मा संगीतकार लियोनार्ड बर्नस्टाइनको भूमिकाको लागि तयारी गर्न आफूले लिएको समयबारे सनसनीपूर्ण खुलासा गरेका छन् ।

लस एन्जलसमा आयोजित यो फिल्मको विशेष प्रदर्शन समारोहमा इन्डी–वायर म्यागजिनका लागि लिन–म्यानुअल मिराण्डाले सञ्चालन गरेको एक संवादमा उनले यस्तो खुलासा गरेका हुन् ।

अभिनेता कुपरले यस्तो एक दृश्यको बारेमा कुरा गरे, जसलाई सन् १९७६ मा लण्डनस्थित एली क्याथेड्रलमा बर्नस्टाइनले सिम्फोनी अर्केस्ट्रा सञ्चालन गरेका थिए ।

‘त्यो दृश्यको बारेमा म धेरै चिन्तित थिएँ किनभने हामीले यसलाई प्रत्यक्ष रुपमा गरेका थियौं,’ उनले भने, ‘त्यो लण्डन सिम्फनी अर्केस्ट्रा थियो । मैले त्यो चलाउन सिक्दा मलाई प्रत्यक्ष रेकर्ड गरिएको थियो । मैले ६ मिनेट २१ सेकेन्डको संगीत कसरी चलाउने भनेर सिक्न ६ वर्ष बिताएँ ।’

यसलाई मेथड एक्टिङ पनि भन्न सकिन्छ ।

फिल्मको निर्देशक समेत रहेका अभिनेता कुपरले फिल्मको स्क्रिप्ट पनि लेखेका हुन् । आफूले बर्नस्टाइनका कार्यक्रमका प्रामाणिक फुटेजहरु दोहोर्‍याएर हेरेको समेत उनले बताए ।

‘यो वास्तवमै मैले सिनेमागत रूपमा के चाहन्छु भन्ने कुरा निश्चित गर्न र उनीहरुको काम कसरी भएको थियो भनेर उनीहरुलाई निश्चित तुल्याउन पनि यस्तो गरेको थिएँ,’ उनले भने, ‘म डराएको थिएँ, पूर्ण रूपमा डराएको थिएँ । यदि मैले काम नगरेको भए म यी दृश्यमा आनन्द लिन सक्दिन थिएँ । सबैले आनन्द पनि लिए ।’

तर बर्नस्टाइनजस्तो देखिन कृत्रिम नाक लगाएपछि कुपरले परिवारबाट आलोचनाको सामना गरिरहेका छन् । ‘माएस्ट्रो’लाई संसारका सीमित फिल्म बजारमा आगामी शुक्रबार रिलिज गरिंदैछ । डिसेम्बरमा नेटफ्लिक्समा रिलिज हुनेछ । आगामी ओस्कार अवार्डका लागि यो फिल्मलाई दाबेदार मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?