+
+

पाउलो कोएलोको सिफारिस सूचीमा बुद्धिसागरको ‘कर्नाली ब्लुज’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १७:४७

काठमाडौं । विश्वप्रसिद्ध लेखक पाउलो कोएलोले आफ्नो पछिल्लो सिफारिस सूचीमा नेपालका उपन्यासकार बुद्धिसागरको ‘कर्नाली ब्लुज’लाई सामेल गराएका छन् ।

कोएलोका तीन सिफारिस कृतिको एक नम्बरमा कर्नाली ब्लुजको अंग्रेजी अनुवाद छ । बेलायतका प्राध्यापक माइकल हटले यसलाई नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका हुन् । नेपालीमा फाइनप्रिन्टले १३ वर्षअघि छापेको कर्नाली ब्लुजलाई अंग्रेजीमा दुई वर्षअघि अन्तर्राष्ट्रिय प्रकाशन गृह पेन्गुइनले छापेको हो ।

कोएलोको सिफारिस सूचीलाई रिड दिस ट्वाइस् नामक वेबसाइटले सार्वजनिक गरेको छ । यसको दोस्रो नम्बरमा ‘भगवत् गीता’ छ, जसलाई एकनाथ ईश्वरनले अनुवाद गरेका हुन् । कोएलोको सिफारिस सूचीको तेस्रो नम्बरमा छ, ‘ह्याचिङ ट्वीटर : अ ट्रु स्टोरी अफ मनी, पावर, फ्रेन्डसिप एन्ड बिट्रेयल’ । यसका लेखक हुन् निक बिल्टन ।

यसअघि गत अप्रिलमा कोएलोले आफ्नो किताब हिप्पी र कर्नाली ब्लुज सँगै राखेर बुद्धिसागरलाई बधाई दिंदै ट्वीट गरेका थिए ।

अल्केमिस्ट, जाहिर, इलेभेन मिनट्स लगायत चर्चित किताब लेखेका कोएलो संसारमा सबैभन्दा बढी अनुवाद हुने लेखकमध्ये पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?