+
+

यू-१९ विश्वकप क्रिकेट श्रीलंकाको सट्टा दक्षिण अफ्रिकामा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १७:०८

५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले यू-१९ विश्वकप क्रिकेट श्रीलंकाको सट्टा दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ ।

बोर्ड बैठकले सर्वसम्मत रुपमा यो निर्णय गरेको आईसीसीले जनाएको छ ।

श्रीलंकाको क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ । त्यसैले जनवरीमा श्रीलंकामा हुने भनिएको विश्वकप दक्षिण अफ्रिका सार्नु परेको हो ।

यू-१९ विश्वकप क्रिकेटमा नेपाल पनि छनोट भएको छ । जनवरी १३ देखि फेब्रुअरी ४ सम्म हुने भनिएको प्रतियोगिता दक्षिण अफ्रिकामा त्यही मिति आसपासमा आयोजना हुने छ ।

दक्षिण अफ्रिकाले यसअघि महिला यू-१९ विश्वकप २०२३ र पुरुष यू-१९ विश्वकप क्रिकेट २०२० आयोजना गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?