
५ मंसिर, वीरगञ्ज । जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् ।
मंगलबार पर्साको पोखरिया नगरपालिका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पप्पु कन्स्ट्रक्सनका मालिक समेत रहेका रौनियारलाई पार्टी प्रवेश गराएका हुन् ।
रौनियार अघिल्लो संसदमा जसपाका सांसद थिए । तर उनको निर्माण कम्पनीले बनाएको बबई पुलमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेपछि रौनियार निलम्बनमा परे ।
विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ३ करोड ६२ लाख २९ हजार जरिवानाको फैसला सुनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4