+
+

चाबहिलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते ८:३०

७ मंसिर, काठमाडौं । काठमाडौंको चाबहिलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

चाबहिलको भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर २ का २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको छ ।

अधिकारीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लामाटारमा बुधबार बेलुकी आठ बजे साइकलको ठक्करबाट स्थानीय एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५६ वषर्ीय मनोहर गौतम छन् ।

उनको उपचार ग्वार्कोस्थित किस्ट अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?