+
+

यी हुन् बुटवल लुम्बिनी एफसीका विदेशी खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १७:५५

७ मंसिर, काठमाडौं । बुटवल लुम्बिनी एफसीमा यसपटक मार्की खेलाडीको रुपमा एरिक विष्ट छन् ।

टिम प्रशिक्षकमा विजय महर्जन छन् । यस टिममा नयाँ र पुराना दुवै खालका खेलाडीको मिश्रण छ ।

बुटवल लुम्बिनीले ५ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

जसमध्ये ४ जना खेलाडीको नाम सार्वजनिक भए पनि एक जनाको नाम अझै सार्वजनिक भएको छैन ।

बुटवल लुम्बिनीका विदेशी खेलाडी :

निकोलस सर्ज सङ (मिडफिल्डर–क्यामरुन)

बुटवलका लागि २४ वर्षीय क्यामरुनी मिडफिल्डर निकोलस सर्ज सङ युवा जोससहित नेपाल आएका छन् ।

उनले यसअघि न्यू रोड टिम एनआरटीबाट शहीद स्मारक ए डिभिजन लिग खेलिसकेका छन् । उनले ए डिभिजन लिगमा २६ खेल खेल्दै ६ गोल र १ असिस्ट गरेका छन् ।

स्टेफन समिर विनोङ (फरवार्ड–क्यामरुन)

नेपाली फुटबलमा अर्को सुनिएको र निकै चर्चित नाम हो स्टेफन समिर विनोङ । उनी २०१९ बाट नेपाली फुटबलमा छाएका खेलाडी हुन् ।

२०१९ मा शहीद स्मारक ए डिभिजन लिग खेल्न नेपाल आएका उनले त्यसपछि भएको पहिलो सिजनको एनएसएलमा काठमाडौं रेजर्सबाट खेलेका थिए । ।

उनले २०२१ को ए डिभिजन लिग न्यु रोड टिम एनएआटीबाट खेलेका थिए भने पछिल्लो सिजन उनी नयाँ क्लब खुमलटारमा आवद्ध थिए ।

पहिलो सिजनको एनएसएलमा उनले ५ खेलमा २ गोल गरेका थिए । शहीद स्मारक ए डिभिजन लिगको कुरा गर्ने हो भने उनले ४३ खेलमा १६ गोल र ७ असिस्ट गरेका छन् ।

टम्पी अर्नेस्ट (डिफेन्डर–क्यामरुन)

नेपाली फुटबलसँग सुनिएको अर्कोे नाम हो टम्पी अर्नेस्ट । उनले यसअघि २०२१ मा भएको शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबबाट खेलेका थिए । उनी नेपाली फुटबल बुझेका फुटबलर भएकाले उनीबाट बुटवल लुम्बिनीले धेरै नै आशा राखेको छ ।

वियिक वियिक (डिफेन्डर–क्यामरुन)

३० वर्षीय क्यामरुनी डिफेन्डर वियिक पनि नेपाली फुटबल लिग खेलिसकेका खेलाडी हुन् ।

उनले २०१९ मा संकटा क्लबबाट शहीद स्मारक ए डिभिजन लिगमा डेब्यु गरेका थिए ।

उनी २०२१ एनआरटी क्लबमा आबद्ध भए पुन २०२३ मा संकटाबाट नै ए डिभिजन लिग खेलेका खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?