+
+

केपी ओली कप क्रिकेटमा बागमतीको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १७:३६

७ मंसिर, पोखरा । पोखरामा आजदेखि सुरु भएको केपी ओली टी-२० क्रिकेट कप प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा बागमतीले आयोजक मदन भण्डारी स्पोर्टस् ऐकेडेमी ‘रातो’लाई १०९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको बाग्मतीले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो । बागमतीका लागि रित गौतमले ७४ तथा शुभ कंशाकारले २७ रन बनाए ।

बलिङतर्फ एकेडेमी ‘रातो’ का विपर्सन केसीले ३ विकेट लिँदा सन्देश थापा र सन्तोष यादवले १–१ विकेट लिए ।

अमर मिश्रको कप्तानीमा रहेको आयोजक मदन भण्डारी स्पोर्टस् ऐकेडेमी ‘रातो’ १८५ रनको लक्ष्य पछ्याउने क्रममा १४.२ ओभरमा ७५ रन बनाउँदै अल आउट भयो ।

उसका लागि अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक १३ रन बनाए ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट, प्रतिश जिसी २, सुभाष खत्रीले ३ विकेट, रिजन ढकालले १ विकेट लिए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगितामा ७ प्रदेशसहित विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिम सहभागी छन् ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । खेलको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?