+
+

सलमान खानको फिल्म ‘द बुल’लाई करण जोहरले निर्माण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते २०:०६

काठमाडौं । सलमान खानको आगामी फिल्म ‘द बुल’लाई करण जोहरले निर्माण गर्ने भएका छन् । फिल्मलाई निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् । ‘कुछ कुछ होता है’पछि दोस्रोपटक करण र सलमानले सहकार्य गर्न लागेका हुन् ।

उनको आगामी प्रोजेक्टमा ‘किक २’ र ‘दबंग ४’को नाम पनि समावेश छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।

फिल्म ‘द बुल’मा सलमान अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन्, जसको तयारीका लागि उनले तौल घटाउन थालेका छन् । फिल्मको पहिलो चरणको छायांकन नोभेम्बरको अन्तिममा सुरु हुनसक्छ । यो कुरा सलमान आफैले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।

फिल्म ‘शेरशाह’ निर्देशक विष्णु वर्धनको पहिलो निर्देशकीय फिल्म थियो । यही फिल्मका लागि उनी यस वर्षको राष्ट्रिय अवार्डको स्पेशल जुरी अवार्डबाट सम्मानित भएका छन् । अवार्ड पाएपछि वर्धनले पीटीआईसँगको कुराकानीमा आफू करण जोहरसँग आफ्नो अर्को प्रोजेक्टमा काम गरिरहेको पुष्टि गरेका थिए ।

पिंकभिलाको रिपोर्टका अनुसार सलमान फिल्ममा अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन् । यसका लागि उनले तयारी पनि सुरु गरिसकेका छन् । फिल्ममा उनको विशेष लुक छ, जसको लागि उनले तौल घटाउनुपर्नेछ । यसका लागि उनले काम पनि सुरु गरिसकेका छन् ।

फिल्मको पहिलो चरणको छायांकन नोभेम्बरको अन्त्यबाट सुरु भई डिसेम्बरको आधासम्म चल्नेछ । यसपछि सलमानले केही समय ब्रेक लिनेछन् । यसपछि उनी ३०–४५ दिनको सुटिङमा १० जनवरीदेखि फर्किनेछन् ।

आगामी दिनमा सलमान सिद्धार्थ आनन्दको फिल्म ‘टाइगर भर्सेस पठान’मा देखिनेछन्, जसमा उनले शाहरुख खानसँग स्क्रिन सेयर गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?