 
																			१० मंसिर, काठमाडौं । हिमालयन लघुवित्तले यस पटक सेयरधनीलाई कुनै पनि लाभांश नदिने घोषणा गरेको छ ।
शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा सञ्चित गर्ने निर्णय गर्दै लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै बैठकले गत आर्थिक वर्षको वासलात तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि गत आर्थिक वर्ष कम्पनीले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
अघिल्लो वर्ष कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4