११ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज सोमबारको खेलमा यसैपल्ट डेब्यु गरिरहेका दुई टिम झापा एफसी र स्पोर्टिङ इलाम प्रतिस्पर्धा गर्दैछन् ।
साँझ साढे पाँच बजे दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् –
१. प्रतियोगिताका इतिहासमा सहभागिता जनाउने झापा एफसी दसौं टिम हुनेछ । इलामले पनि यसै प्रतियोगिताबाट खेल्न सुरु गरेको हो । इलामले उद्घाटन खेलमा काठमाडौंको सामना गरिसकेको छ ।
२. यो खेल यसपल्टको संस्करणको पाँचौं र समग्रमा प्रतियोगिताको ३०औं खेल हुनेछ ।
३. यो खेलसँगै यसपल्टको प्रतियोगितमा सहभागी सबैले कम्तीमा एक खेल खेल्नेछन् । त्यस स्थितिमा पहिलो चरणको खेल सकिनेछ । इलामको भने यो दोस्रो खेल हुनेछ ।
४. यो खेल भौगोलिक रूपमा छिमेकी र एक आपसमा जोडिकाएका दुई जिल्ला झापा र इलामका टिमको खेल हुनेछ । त्यसैले यो ‘कोशी डर्बी’का रूपमा रहनेछ । एनएसएलले यसलाई ‘इष्टर्न डर्बी’ भनेको छ ।
५. इलाम आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको हातबाट १-० ले पराजित भएको थियो । त्यसमा राजीव लोप्चानले एक मात्र गोल गरेका थिए ।
६. आफ्नो एक मात्र खेलमा इलामले कुनै गोल सकेन् र यसबीच दुई पहेँलो कार्ड खाएको छ । पहेँलो कार्ड पाउनेमा आशिष गुरुङ र दीपेश घले रहेका छन् ।
प्रतिक्रिया 4