+
+

अध्यक्ष तिमिल्सिनासहित सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १३:०९

११ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया भ्रमणमा गएका छन् । उनीहरु आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद सहयोग परियोजनाअन्तर्गत तिमिल्सिनाको नेतृत्वमा १२ सदस्यीय टोलीको भ्रमण तय भएको संसद सचिवालयले जनाएको छ । भ्रमण टोलीले अस्ट्रेलियाको संसद र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदका अधिकारीहरुसँग भेटघाट गर्नेछ ।

भ्रमण टोलीमा कोशीका उपसभामुख सृजना दनुवार, मधेशका उपसभामुख बबिताकुमारी राउत ईश्वर, बागमतीका उपसभामुख अप्सरा चापागाईं खत्री, गण्डकीका सभामुख कृष्णप्रसाद धिताल, र लुम्बिनीका उपसभामुख मेनुका खाँड केसी, कर्णालीका सभामुख नन्दा गुरुङ र सुदूरपचिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी सहभागी छन् ।

साथै, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र राष्ट्रिय सभा अध्यक्षका स्वकीय सचिव ऋचा पोखरेल पनि भ्रमणमा छन् ।

अध्यक्ष तिमिल्सिना मंसिर १८ गते स्वदेश फर्किनेछन् । भ्रमण टोलीका अन्य सदस्यहरु मंसिर १६ गते स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?