+
+

‘कान्तारा २’ टिजर : ऋषभ शेट्टीको शिवजी अवतार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १६:१०

काठमाडौं । सन् २०२२ मा रिलिज भएको भारतीय फिल्म ‘कान्तारा’ को प्रिक्वेल ‘कान्तारा : च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ । निर्माता हम्बेल पिक्चर्सले टिजर भिडियो सार्वजनिक गर्दै लेखेको छ, ‘भगवानको भूमिमा पाइला चाल्नुहोस् । यो प्रकाश नयाँ दर्शन हो ।’

फस्टलुकमा अभिनेता तथा निर्देशक ऋषभ शेट्टी भगवान शिवको अवतारमा देखिएका छन् । टिजरमा उनको लुकको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । निर्माताले टिजर सात भाषा (कन्नड, हिन्दी, तेलुगू, तमिल, मलायालम, बंगाली र अंग्रेजी)मा रिलिज गरेका छन् । यो फिल्म सात भाषामा पनि रिलिज हुने अपेक्षा गरिएको छ ।

टिजरबाहेक निर्माताले पोस्टर पनि सेयर गरेका छन् । जसमा ऋषभ एक हातमा त्रिशूल र अर्को हातमा बञ्चरो लिएको रुपमा देखिएका छन् । ‘कान्तारा च्याप्टर १’ मा ऋषभ र सप्तमी गौडा मुख्य भूमिकामा हुनेछन् । यसबाहेक उर्वशी रौतेला, किशोर जस्ता कलाकार पनि देखिनेछन् ।

यसअघि ‘कान्तारा’ सन् २०२२ मा भारतमा चौथो धेरै कमाउने फिल्म बनेको थियो । साथै, ‘केजीएफ २’ पछि कन्नड सिनेमाको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म पनि बन्यो ।

रिपोर्टलाई विश्वास गर्ने हो भने ‘कान्तारा’को प्रिक्वेलको बजेट पहिलो भागभन्दा सात गुणा बढी छ । जहाँ यसको पहिलो भाग मात्र १६ करोड भारुमा बनाइएको थियो । प्रिक्वेलको बजेट १२५ करोड भारु अनुमान गरिएको छ ।

फिल्मको प्रिक्वेल पञ्जुर्ली दैवाको कथामा केन्द्रित हुनेछ । यसअघि कान्तारामा पञ्जुर्ली र गुलिया नामका दुई देवताको उल्लेख छ । फिल्मले कर्नाटकको ग्रामीण क्षेत्रमा मनाइने दैव कोला प्रथालाई पनि चित्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?