+
+

विराटनगरमा ६ पुसदेखि ट्रेड एक्स्पो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १२:१०

११ मंसिर, विराटनगर । माेरङ व्यापार संघले ट्रेड एक्स्पाे आयाेजना गर्ने भएको छ । ६ पुसदेखि १६ पुससम्म विराटनगर – २ शंकरपुरमा ‘माेरङ व्यापार संघ ट्रेड एक्पाे २०२३’अन्तर्राष्ट्रिस्तरकाे कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आयाेजना गर्न लागेकाे हाे ।

साेमबार पत्रकार सम्मेलन गर्दै संघले आफ्नै नाममा एक्स्पाे आयाेजना गर्ने जनाएको हाे । एक्स्पाेमा २५० स्टल राखिने एक्स्पाे संयाेजक अनिल शाहले जानकारी दिए ।

एक्स्पाेमा घरेलु साना तथा ठूला उद्योगका सामाग्रीसँगै भारत, बंगलादेश र पाकिस्तानबाट पनि स्टल रहने उनले बताए । एक्स्पाेमा चारलाख दर्शक आउने व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।

यसअघि विराटनगरमा विराट एक्स्पो लाग्दै आएकाे थियाे, त्यसैलाई निरन्तरता दिइएको माेरङ व्यापार संघले जनाएको छ । तीन कराेड रुपैयाँ खर्च गरेर आयाेजना गरिने एक्स्पाेमा १५ कराेड रुपैयाँ काराेबार हुने अपेक्षा गरिए अध्यक्ष रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?