+
+

इन्स्टाग्राम रील्स डाउनलोड गर्न सकिने, यसरी गर्नुहोस् डाउनलोड

एजेन्सी एजेन्सी
२०८० मंसिर १२ गते १३:००

छोटो भिडियो तथा फोटो शेयरिंग प्लाटर्फम इन्स्टाग्रामले विश्वभरका सबै प्रयोगकर्ताका लागि रील्स डाउनलोड फिचर उपलब्ध गराउन सुरु गरेको छ ।

यो फिचरका माध्यमबाट प्रयोगकर्ताहरुले थर्ड पार्टी एप प्रयोग नगरlकनै रील्स डाउनलोड गर्न पाउनेछन् ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आफ्नो प्रसारण च्यानलमा लेखेका छन्-अब तपाईंले कुनै पनि पब्लिक अकाउन्टको रील सेभ गर्न सक्नुहुन्छ । डाउनलोड भएको रीलमा त्यसको सर्जकको ह्याण्डलको वाटरमार्क देखिनेछ ।

पाँच महिनाअघि कम्पनीले रील्स डाउनलोड गर्ने यो फिचर अमेरिकामा सुरु गरेको थियो । जुन अब नेपालसहित सबै मुलुकका प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

एडम मोसेरीका अनुसार प्राइभेट अकाउन्टमा शेयर गरिएका रील्सलाई भने डाउनलोड गर्न सकिने छैन। त्यस्तै पब्लिक अकाउन्टवाला प्रयोगकर्ताहरुले पनि रील्स डाउनलोड गर्ने फिचरलाई अकाउन्ट सेटिंग्समार्फत् अफ गर्न सक्नेछन् ।

यसबाट रील्स डाउनलोडको विकल्प निस्क्रिय हुनेछ ।

यस्तो छ इन्स्टाग्राम रील्स डाउनलोड गर्ने विधि :

  • सबैभन्दा पहिले सम्बन्धित रीललाई खोल्नुहोस् जसलाई तपाईं डाउनलोड गर्न चाहनुहुन्छ
  • त्यसपछि एपको दायाँ भागमा रहेको शेयर आइकनमा ट्याप गर्नुहोस्
  • त्यसपछि Copy Link अप्सनको छेउँमा रहेको डाउनलोडको अप्सन देखिनेछ
  • डाउनलोड अप्सनमा ट्याप गरेर तपाईं रील्स डाउनलोड गर्न सक्नुहुन्छ

हालसम्म प्रयोगकर्ताले इन्स्टाग्राममा रील्स डाउनलोड गर्नका लागि थर्ड पार्टी एप वा अन्य विभिन्न खाले उपाय अपनाउनु पर्दथ्यो । यसका अलावा प्रयोगकर्ताले रील्स डाउनलोड गर्नका लागि पहिले त्यसलाई आफ्नो स्टोरीमा सेट गर्नुपर्थ्यो र त्यसपछि मात्रै स्टोरी डाउनलोड गर्ने विकल्प उपलब्ध हुन्थ्यो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?