+
+

बढुवा हुन दुर्गममा जानेहरू बढेपछि रोकियो खरिदारको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १७:३३

१२ मंसिर, काठमाडौं । सरकारले फागुन मसान्तसम्मका लागि राजपत्र अनंकित द्वितीय श्रेणीका कर्मचारी (खरिदार)हरुको सरुवा रोकेको छ । संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुलाई पत्राचार गर्दै सरुवामा रोक लगाएको हो ।

निजामती कर्मचारीहरूको सरुवा तथा पदस्थापनसम्बन्धी संघीय मामिला मन्त्रालयले गर्दै आएपनि सम्बन्धित मन्त्रालय र निकायहरुले आन्तरिक रुपमा आफ्ना इकाइहरुमा कर्मचारी सरुवा गर्न सक्छन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार लोक सेवा आयोगको वार्षिक कार्यतालिका बमोजिम नायव सुब्बा वा सो सरहको पदहरूमा विज्ञापन प्रकाशित हुने (खुल्ला प्रतिस्पर्धा तथा बढुवा) समय पुस महिनामा छ । तर, लामो समय समयदेखि सुगम स्थानमा बस्ने र प्रतिस्पर्धाभन्दाको समयभन्दा ठीक अघि बढुवा मिलाउन मात्र दुर्गममा जाने विकृति छ ।

यसरी बढुवका प्रयोजनाक लागि मात्रै दुर्गममा सुरुवा भएर जाने क्रम देखिएको भन्दै मन्त्रालयले विभिन्न निकायहरुबाट सरुवा सहमतिसमेत माग भई आउने गरेको बताएको छ ।

यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार वा सो सरह)को पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा वसी सेवा गरी आएकाकर्मचारीहरुलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने मन्त्रालयले जनाएको छ ।

विभिन्न सरोकारवाला पक्षबाट यसबारे गुनासो आएको भन्दै मन्त्रालयले खरिदार वा सो सरहको पदको कुनै पनि निकायमा सरुवा/पदस्थापन तथा सरुवा सहमति प्रदान गर्ने काम फागुन मसान्तसम्मको लागि स्थगित गरिएका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?