+
+

समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई धितोपत्र बोर्डले गर्‍यो कारबाही (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १८:०१

१२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराइएको अध्यक्ष रमेश हमालले बताए ।

‘बोर्डको इतिहासमै पहिलो पटक यति धेरै सूचीकृत कम्पनीलाई कारबाही भएको हो, वित्तीय विवरण बुझाउन एक दिन ढिला भएका कम्पनीलाई पनि जरिवाना तिराएका छौं,’ हमालले अनलाइनखबरसँग भने ‘योसँगै अब १ दिन पनि ढिला वित्तीय विवरण बुझाउनेलाई कारबाही गर्नेगरी सिस्टम बसालिएको छ ।’

कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए ।

उनीहरुलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । त्यस्तै वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ । वित्तीय विवरण ढिला बुझाउनेमा अधिकांश माइक्रोफाइनान्स र जलविद्युत् कम्पनी छन् ।

यी हुन् कारबाहीमा परेका कम्पनीहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?