+
+
Shares

कालिम्पोङका अल्बर्ट काबो लेप्चाले जिते ‘सारेगमप’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते ११:२७

काठमाडौं । भारतको पश्चिम बंगलास्थित कालिम्पोङका नेपालीभाषी अल्बर्ट काबो लेप्चा, २७, ले जी टीभीबाट प्रसारण हुने गायन टेलिभिजन रियालिटी शो ‘सारेगमप २०२३’ को उपाधि जितेका छन् । उनी व्यावसायिक गायक भने होइनन् ।

उपाधिसँगै उनले १० लाख भारु र कार पुरस्कार प्राप्त गरे । प्रतिस्पर्धाको क्रममा उनले निर्णायक र दर्शकलाई प्रभावित तुल्याउँदै केही उत्कृष्ट प्रस्तुति दिए । उनले दुईपटक ओजी सिंगर अफ द विकको अवार्ड पनि जिते ।

शीर्ष पाँच फाइनलमा अल्बर्टसहित निष्ता शर्मा, स्नेहा भट्टाचार्य, रनिता बनर्जी र सोनिया गजमेर थिए । निस्ता र रनिता क्रमशः फस्ट रनरअप घोषित भए । हिमेश रेशमिया, अनु मलिक र नीति मोहन सिजनका निर्णायक थिए ।

फाइनल एपिसोडका लागि अभिनेता गोविन्दा, उनकी पत्नी सुनिता आहुजा र दिग्गज अभिनेत्री अरुणा इरानीलाई विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको थियो । जसलाई आदित्य नारायणसँगै हर्ष लिम्बाचियाले सह-होस्ट गरेका थिए ।

आफ्नो जितबाट उत्साहित अल्बर्टले भारतीय न्युज एजेन्सी आईएएनएसलाई भने, ‘जब आदित्य नारायण (होस्ट)ले मेरो नाम विजेताको रूपमा घोषणा गरे, मैले दिएको समर्पण, मैले गरेको कडा परिश्रमको कारण मैले धेरै खुसी महसुस गरें, त्यसैले यो सबैको परिणाम हो । मैले जितेको छु र म धेरै खुसी छु ।’

आफूलाई शो अवधिभर पत्नी पूजा क्षेत्रीले साथ दिएको भन्दै अल्बर्टले भने, ‘कार्यक्रमभर मलाई मार्गनिर्देशन गर्ने काम उनले गरिन् । मेरा लागि उनी त्यहाँ छिन् । सधैंभर रहिरहनेछिन् । उनले आफ्नो सपना त्यागेकी छन् र मेरो सपना पूरा गर्नेतर्फ आबद्ध भएकी छन् ।’

जितपछि खुसी बाँड्न अल्बर्ट कालिम्पोङतिर लागेका छन् । ‘सारेगमप’मा आउनुअघि अल्बर्टले आफ्नै ब्याण्ड ‘कबो एन कम्पनी’ बनाएका थिए र कहिलेकाहीं उनी आफ्नो ब्यान्डसँगै सोलो प्रस्तुति पनि दिन्छन् । अल्बर्टले कक्षा १ देखि आफ्नो स्कुलका समारोहमा गाउन थालेका हुन् । बाल्यकालमा उनी चर्चमा गाउने गाउने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?