+
+

च्याट जीपीटी निर्माताको रहस्यमय प्रोजेक्ट, बन्दैछ मानिसले जस्तै सोच्नसक्ने एआई !

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १३:२३

च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईमा सीईओ साम अल्टम्यानको पुनरागमन भैसकेको छ । गएको हप्ता ५ दिनसम्म चलेको रस्साकस्सी पश्चात् कम्पनीको नेतृत्व पुनः साम अल्टम्यान कै हातमा आएको छ ।

ओपन एआई वर्तमान समयमा विश्वमा नयाँ खालको तरंग उत्पन्न गर्न सफल चर्चित एआई प्रविधि कम्पनी हो जसले गत वर्ष मात्रै च्याट जीपीटी सार्वजनिक गरेको थियो ।

ओपन एआईले साम अल्टमयानलाई निकाल्नुको कारण भन्दै एउटा ब्लग नै लेखेको थियो । तर, अल्टम्यान आफ्नो विचारमा प्रष्ट नभएको र उनले कम्पनीको नेतृत्व गर्न नसक्ने भन्ने कम्पनीको दाबी अहिले खारेज भैसकेको छ ।

यसबीच कम्पनीमा अल्टम्यानको पुनरागमनसँगै एउटा नयाँ जानकारी सार्वजनिक भएको छ जसले आम मानिसहरुको ध्यान खिचिरहेको छ ।

ओपन एआईको Project Q* अहिले चर्चामा छ । आखिर यो कस्तो परियोजना हो र यसकै कारण साम अल्टम्यानलाई कम्पनीबाट निकाल्नुपर्ने अवस्था कसरी आयो ?

वास्तवमा ओपन एआईको बोर्ड अफ डाइरेक्टर्सले अल्टम्यानलाई सीईओ पदबाट बर्खास्त गरे पश्चात् ओपन एआईका अनुसन्धानकर्ताहरुको एउटा पत्र सार्वजनिक भएको थियो । रिपोर्ट अनुसार शोधकर्ताहरुले बोर्डलाई एक पत्र लेखेर आसन्न खतराका बारेमा जानकारी दिएका थिए ।

उनीहरुले निर्देशक बोर्डलाई एउटा शक्तिशाली एआईका बारेमा बताएका थिए जुन मानिसका लागि खतरनाक सावित हुनसक्छ । यही रहस्यमयी एआईले सबैको ध्यान आकर्षित गरेको हो ।

के हो ओपन एआईको Project Q* ?

रिपोर्ट सार्वजनिक भएसँग ओपन एआईको प्रोजेक्ट क्यू स्टार ठुलो चर्चाको विषय बनिरहेको छ । एआईको क्षेत्रमा यो एउटा नयाँ प्रकारको खोज भएको बताइएको छ । तर, यसका विषयमा कम्पनीमा पनि निकै कम मानिसहरुलाई मात्रै थाहा थियो, जबकि यस विषयमा लामो समयदेखि नै काम चलिरहेको थियो ।

जब कम्पनीले अल्टम्यानलाई बर्खास्त गर्‍यो समाचार एजेन्सी रोयटर्सले एउटा यस्तो इमेल हात पार्यो जसबाट यो परियोजनाका बारेमा खुलासा भयो ।

के हो AGI टूल Project Q* ?

प्रोजेक्ट क्यू स्टार वास्तमा एक आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) हो, जसले आफैंले गणितका प्रश्नहरु हल गर्न सक्दछ । यसले मानिसले जस्तै तार्किकता जस्ता समस्याहरुको हल गर्ने क्षमता राख्दछ ।

यसका बारेमा संकेत गर्दै यो वर्षको सुरुवातमै साम अल्टम्यानले एआई वास्तवमा मानिसभन्दा धेरै स्मार्ट हुनसक्ने बताएका थिए । यसको निर्माणको श्रेय सुतस्केभरलाई दिइन्छ । यसलाई पछि सिजमन सिदोर र ज्याकब पचोकीले अगाडि बढाएका छन् । उसो त यस्तो प्रकारका एआईको विकास हुने आँकलन लामो समयदेखि नै गरिंदै आएको थियो । तर यो परियोजनाका बारेमा भने पहिलोपटक खुलासा भएको हो ।

किन खतरनाक हुनसक्छ ?

अनुसन्धानकर्ताद्वारा ओपन एआईको बोर्डलाई लेखिएको पत्रमा प्रोजेक्ट क्यू स्टारको क्षमता तथा त्यसबाट हुनसक्ने खतराका बारेमा बताइएको छ ।

साथै ओपन एआईसँग अहिले यो परियोजनालाई रोक्नका लागि पर्याप्त संसाधन पनि नरहेको डरलाग्दो तथ्य पत्रमा उल्लेख छ ।

रोयटर्सका अनुसार यस मोडेलले कम्पनीमा आन्तरिक आक्रोशलाई भड्काउनसमेत भूमिका खेलेको हो ।

ओपन एआईका कर्मचारीहरु यो एआईबाट भविष्यमा मानवतालाई नै खतरा हुनसक्ने बताउँछन् । यस चेतावनीलाई ती प्रमुख कारणहरुमध्ये एक मानिन्छ, जसका कारण अल्टम्यानलाई बर्खास्त गरिएको थियो ।

Advanced Logical Reasoning लाई बुझ्ने क्षमता : प्रोजेक्ट क्यूका विषयमा उपलब्ध जानकारीहरुमा यो एआई मोडेल लजिकल रिजनिंगलाई बुझ्न सक्षम रहेको बताइएको छ । यो आफैंमा एक नयाँ क्षमता हो । किनकि यसभन्दा अघि अहिलेसम्म कुनैपनि एआई मोडेलले यस्तो तार्किक क्षमता हासिल गरेको थिएन ।

Deep Learning tyf Programme Rules : शोधकर्ता सोफिया कलानोभ्स्काले बिजनेस इनसाइडरलाई बताए अनुसार प्रोजेक्ट क्यू स्टार नाम दुईवटा एआईलाई मिसाएर तयार गरिएको हो । यसमा क्यू को अर्थ लर्निंग तथा स्टारको अर्थ सर्च अर्थात् खोजी हो ।

उनका अनुसार यो नयाँ एआई मोडेल निकै एडभान्स्ड छ । यो एआईले केवल डेटा सिक्ने मात्र नभई मानिसले जस्तै त्यसको प्रयोग गर्न पनि जान्दछ । त्यसैले यसलाई नियन्त्रण गर्न र यसका बारेमा अहिले नै कुनै भविष्यवाणी गर्न गाह्रो छ ।

नयाँ अवधारणा विकास गर्ने क्षमता : अहिलेसम्म विद्यमान एआई मोडेलले पुराना जानकारीहरु एकत्रित गरेर त्यसबाट नतिजा दिने गर्दथ्यो । तर अब प्रोजेक्ट क्यू स्टार चाहिं एउटा कोशेढुंगा सावित हुनसक्छ ।

यो एआई आफैंले आइडिया विकास गर्न सक्छ र साथै समस्याहरुको पनि समाधान गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?