+
+

प्रधानमन्त्री कप महिला टी–२० का लागि सोनीको कप्तानीमा ललितपुरको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १७:००

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि ललितपुुर क्रिकेट एशोसिएसनले युवा तीव्र गतिकी बलर सोनी पाख्रिनको नेतृत्वमा टिम घोषणा गरेको छ ।

सोनीले पहिलो पटक कुनै घरेलु प्रतियोगिताको कप्तानीको जिम्मेवारी पाएकी हुन् । सोनीसँगै टिममा राष्ट्रिय टिममा अटाएकी मनिषा उपाध्याय पनि ललितपुर टिममा परेकी छन् । त्यस्तै घरेलु प्रतियोगिताहरुमा खेलिरहेका यशु पाण्डे, सविका कुमारी यादव पनि टिममा छन् ।

ललितपुरको टिम :

सोनी पाख्रिन(कप्तान), सविका कुमारी यादव( उपकप्तान), मनिषा उपाध्याय, यशु पाण्डे, सानिया गिरी, कविता रावल, निकिशा श्रेष्ठ, रेजिना दाहाल, पार्वती खत्री, आकृती सिग्देल, सलिना चौधरी, सम्भाव्य ढकाल, रक्षा निरौला र अभना थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?