+
+

वेयरहाउजिङको आईपीओमा ११.९ गुणा धेरै आवेदन, ९ प्रतिशतले मात्रै सेयर पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १८:२१

१३ मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको प्राथमिक सेयर (आईपीओमा) अन्तिम दिनसम्म माग गरिएकोभन्दा ११.९५ गुणा धेरै आवेदन परेको छ । कम्पनीले कुल ११ लाख ४१ हजार २५० कित्ताका लागि आवेदन माग गरेकोमा अन्तिम दिनसम्म १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । कुल १२ लाख ५७ हजार ७५६ जनाले कम्पनीको सेयरमा आवेदन दिएका छन् ।

योसँगै सर्वसाधारणको १ अर्ब ३६ करोड रुपैयाँ बैंकमा होल्ड भएको छ । कम्पनीले आइतबारदेखि आईपीओ निष्कासन गरेको थियो । आईपीओ भरेकामध्ये ९१ प्रतिशतको हात रित्तो हुने भएको छ । धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार स्वीकृत आवदेनमध्ये १० कित्ताका दरले धेरैलाई समेट्नुपर्नेछ । जसले गर्दा जम्मा १ लाख १४ हजार १२५ जना अर्थात भरेकामध्ये ९ प्रतिशत संख्याले १० कित्ताका दरले यो कम्पनीको सेयर पाउने छन् भने बाँकी ११ लाख ४३ हजारको हात रित्तो हुनेछ । कम्पनीले जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत रकमको सर्वसाधारण समूहको सेयर निष्कासन गरेको थियो ।

अन्नबाली, उद्योग तथा मिलहरुका खाद्यान्न सामाग्री लामो समयसम्म भण्डारण गर्नका लागि आधुनिक प्रविधियुक्त गोदामको सेवा यस कम्पनीले प्रदान गर्दछ । त्यस्तै आधुनिक प्रविधिबाट खाद्यान्नको सफाई तथा केलाई गर्ने, खाद्यान्नहरुको प्रयोगशालामा गुणस्तर परीक्षण गर्ने, खाद्यान्नको तापमान नियन्त्रण गर्नेजस्ता कार्य कम्पनीले गर्दछ ।

असार मसान्तसम्म कम्पनीको सञ्चित नोक्सान ७ करोड ९४ लाख रुपैयाँ बराबर छ । कम्पनी चालु आर्थिक वर्ष २०८०/८१ मा पनि सञ्चित नोक्सानी कायम रहने प्रक्षेपण गरेको छ । चालु वर्षको असार मसान्तसम्म सञ्चित नोक्सानी ४ करोड ९५ लाख रुपैयाँ रहने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?