+
+

डिसहोम फाइबरनेटको वार्षिक योजना अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १३:४०

काठमाडौं । डिसहोम फाइबरनेट कम्पनीले वार्षिक योजनामा ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६८५ रूपैयाँ (भ्याट बाहेक) मा जडान गर्न सक्नेछन् ।

साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाइभ–जी (डुअल ब्यान्ड) राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

यस अघि ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य ७ हजार ७९९ रूपैयाँ पर्ने गर्दथ्यो ।

यो शानदार १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्मको वार्षिक प्याकेज जडान गर्दा फाइभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाइ–६ राउटर पाउनेछन् ।

यसअघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । ५० एमबीपीएसको २४ महिने अफरको मूल्य १० हजार ४९९ रूपैयाँ (भ्याट बाहेक) पर्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?