+
+

एनएसएलमा आज वीरगञ्ज र चितवन भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते ७:१८
Photo Credit : NSL

१५ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन भिड्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने र नयाँ टोली वीरगञ्जको यो दोस्रो खेल हुनेछ ।

चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

नवप्रवेशी वीरगञ्ज एनएसएलको डेब्यु खेलमा धनगढी एफसीसँग पराजित भएको थियो । वीरगञ्जले धनगढीविरुद्ध राम्रो प्रदर्शन गरे पनि नतिजामा भने सफल रहेन । त्यसैले दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।

दुवै टोलीमा गोलकिपर नै कप्तान र मार्की छन् । दुवैले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । चितवनको कप्तानी मार्की प्लेअर विशाल श्रेष्ठले गर्नेछन् । यस्तै राष्ट्रिय टिममा हाल दोस्रो रोजाईँको किपर रहेका दिप कार्कीले वीरगञ्जको कप्तानी गर्नेछन् ।

दुई खेलबाट चितवनको एक अंक छ र एक खेल खेलेको वीरगञ्ज अंकविहीन छ ।

छैटौँ स्थानमा रहेको चितवन र आठौँ स्थानको वीरगञ्ज आज जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?