+
+

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आईपीओ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १३:४९

१५ मंसिर, काठमाडौं । शिवम् सिमेन्ट्सको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङ्सको पनि सेयर जारी हुने भएको छ ।

होल्डिङ्सको जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत रकम बराबरको १ करोड २६ लाख कित्ता सेयर जारी हुने भएको हो । कम्पनीले अंकित मूल्य १ सयमा केही प्रिमियम थपेर सेयर जारी गर्ने जनाएको छ ।

सेयर निस्कासनका लागि सिद्धार्थ क्यापिटलसँग बिक्री प्रवन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा सम्झौता भएको हो ।

शिवम् होल्डिङ्स २०७१ सालमा प्राइभेट कम्पनीका रुपमा दर्ता भएकोमा २०७९ सालमा पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो ।

‘जारी पूँजी ५ अर्ब ८० करोडमध्ये संस्थापकहरु तर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड र सर्वसाधारण तर्फ १ अर्ब १६ करोड सेयर पुँजी छुट्याएर प्रिमियममा सेयर निस्कासन प्रक्रिया सुरु गरिएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्सको सेयर लगानी ८५ प्रतिशत र बाँकी १५ प्रतिशत विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको लगानी छ ।

सर्वसाधारणलाई सेयर जारी गरेपछिको पुँजी हाइड्रोपावर, बैंक वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजनामा सेयर लगानी विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?