+
+

आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० मंसिर १५ गते १५:४७

१५ मंसिर, पोखरा । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ ।

पोखरामा बिहीबार भएको फाइनलमा राष्ट्रिय खेलाडीले भरिएको आर्मीलाई ११ रनले हराएर मधेश च्याम्पियन बनेको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिता मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि कप्ता विनोद भण्डारीले सर्वाधिक ३२ तथा विवेक यादवले अविजित २५ रन बनाए ।

जित लागि अन्तिम ओभरमा आर्मीलाई २४ रन चाहिएको थियो । जसमा विवेक यादवले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै आर्मीलाई जितको आशा जिवित राखेका थिए ।

तर तेस्रो बलमा उनले सिंगल लिएपछि आर्मीलाई ३ बलमा १३ रन चाहियो । ३ बलमा सोमपालले १ रन मात्र जोड्न सके ।

कप्तान विनोद भण्डारी र सन्तोष कार्कीले आर्मीलाई राम्रो सुरुवात दिलाएका थिए । यो जोडीले पहिलो विकेटका लागि ४.४ ओभरमा ३२ रनको साझेदारी गरेको थियो ।

तर प्रदीप पासवानले सन्तोषलाई एलबीडब्लू धरापमा पारेपछि आर्मीको विकेट जान थाल्यो । त्यसपछि कप्तान विनोदलाई राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले क्रिजमा साथ दिए ।

तर रोहित ११ बल खेलेर ५ रन मात्र बनाई आउट हुँदा आर्मीले ३९ रनमा दोस्रो विकेट गुमायो । ठूलो सट हान्ने चक्करमा रोहितलाई पर्थिक यादवले मायान यादवबाट क्याचआउट गराए ।

त्यसपछि कप्तान विनोद र बसिर अहमदले इनिङस अघि बढाएका थिए । तर ११ औं ओभरमा मधेशका कप्तान हरिशंकर शाहले ३ विकेट लिएपछि आर्मी दबाबमा परेको थियो ।

हरिशंकरले उक्त ओभरमा विनोदसहित बसिर र कुशल मल्लको विकेट लिएपछि आर्मीले ५८ रन हुँदा ५ विकेट गुमायो ।

१३ औं ओभरमा हरिशंकरले नै आर्मीका राजेश पुलामीलाई आउट गरे । आर्मीका लागि भीम सार्कीले एक छेउबाट इनिङ्स सम्हालिरहेका थिए ।

भीमले २१ बल खेल्दै २ चौका र एक छक्कामा २२ रन बनाएर १७ औं ओभरमा आउट भए ।उनलाई प्रदीप पासवानले कट एण्ड बोल्ड गरे ।

त्यसपछि सोमपाल कामी र विवेक यावदले इनिङ्स सम्हाले पनि जिताउन सकेनन् । विवेक २५ र सोमपाल १६ रनमा अविजित रहे ।

मधेशका कप्तान हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्तेर ४ विकेट लिए ।

प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । पर्थिक यादवले ३ ओभर बलिङ गर्दै १४ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट म‌ैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले विशाल पटेलको आक्रमक ब्याटिङमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

सातौं नम्बरमा ब्याटिङ गरेमा विशाल पटेलले ३२ बल खेल्दै समान ३ चौका र ३ छक्का नटआउट ४९ रन बनाए ।

सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफमाथि सानदार जित निकालेको मधेशले आर्मी विरुद्ध पनि पहिलो ओधरमा ११ रन जोड्दै गतिलो सुरुवात गरेको थियो । तर दोस्रो ओभरमा सोमपाल कामीले ओपनर अनिल साहलाई आउट गरे सेमिफाइनलमा अर्धशतक प्रहार गरेका अनिलले फाइनलमा ६ रन मात्र बनाए ।

अर्का ओपनर तथा कप्तान हरिशंकर शाहले २१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २७ रन बनाए ।

हिमांशु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीका लागि शहाब आलमले उत्कृष्ट बलिङ गर्दै ३ ओचरमा ५ रन मात्र खर्चेर ३ विकेट लिए । जिवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले एक एक विकेट लिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?