+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेसको पहिलो प्रदेश सम्मेलन आज बुटवलमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते ९:४७

१६ मंसिर,बुटवल । मुलुक प्रादेशिक संरचनासहितको संघीयतामा गएपछि नेपाली कांग्रेसको पहिलो प्रदेश सम्मेलन लुम्बिनीबाट शुरु हुँदैछ । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुन लागेको हो ।

दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, ७ वटै प्रदेशका प्रदेश सभापति लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश सम्मेलनमा प्रदेशका ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट ९ जनाका दरले ४६८ जना महाधिवेशन प्रतिनिधि, २६ वटा संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, १२ जिल्लाका सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुने पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने र प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित गरिने कोषाध्यक्ष प्रकाश रानाले बताए ।

सम्मेलनले मुलुकको समसामयिक राजनीतिका विषयमा उठेका प्रश्नहरुमा छलफल गरी अन्य प्रदेश सम्मेलन र आगामी महासमिति वैठकलाई मार्गनिर्देश र सुझाव दिनेगरी महत्वपूर्ण निर्णय गर्ने प्रदेशका नेता विष्णु पोखरेलले बताए ।

कांग्रेसका प्रदेश कमिटीका अर्का एक नेताका अनुसार सम्मेलनले निर्वाचन अघि विचार र सिद्धान्त नमिल्ने दलहरुसंग गठबन्धन नगर्ने निर्णय गर्नेछ । प्रदेश कार्यसमिति वैठकबाट यो एजेण्डा पारित भइसकेकाले त्यसलाई सम्मेलनबाट पनि पारित गरिने उनले जानकारी दिए ।

यस्तै संघीयता अन्तर्गत भद्दा र बोझिलो प्रदेश संरचना,धर्मनिरपेक्षता लगायतका विष्यमा पनि छलफल गरी जनअपेक्षा अनुसार निर्णय लिइने ती नेताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?