+
+

कम बोल्ने र काम बढी गर्न खोजिरहेको छु : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते १६:३५

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कम बोल्ने, काम बढी गर्न खोजेको बताएका छन् । शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कम बोल्ने काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ ?’

सभापति देउवाले पार्टीका नेता कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा पार्टी बलियो हुने बताए । विमान छुट्न लागेको भन्दै उक्त कार्यक्रममा देउवाले केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भन्दा पहिले बोल्न समय मागेका थिए ।

उनले आफू भाषण गर्ने मान्छे नै नभएको बताए ।

कार्यक्रममा देउवा भन्दा पहिले बोलेका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सभापति देउवाको यो अन्तिम कार्यकाल भएकाले अब जोशिला युवाहरुलाई साथ दिनुपर्ने बताए ।

मञ्चमा नै रहेका महामन्त्रीद्वय थापा र शर्मातर्फ संकेत गर्दै उनले देउवालाई भने, ‘शेरबहादुर दाइको यो अन्तिम अन्तिम पटक हो, अब बिदा लिने बेला भयो, उहाँले यो मुलुक बनाइदिनुपर्छ, वरिपरि कोही छन् भने छोडिदिनुपर्छ, जोशिला युवाहरुको साथमा लागेर यो मुलुक बनाउनुपर्छ ।’

भण्डारीले अगाडि भने, ‘हामीले चलाएको गुटले न सरकार चलाउन सक्यो, न पार्टी चलाउन सक्यो, न सीमानाको रक्षा गर्न सक्यो ।’

आफ्नो सम्बोधनको क्रममा देउवाले चन्द्र भण्डारीको भाषणको प्रसंग उठाए । ‘चन्द्र भण्डारीको भाषण हामीले सुनिसक्यौं, मैले पनि सुनेँ, अब उहाँको टाउकोमा है काम गर्ने जिम्मा । भाषणजस्तै काम गर्नुपर्छ’ देउवाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?