+
+

धनगढी र ललितपुरको गोलरहित प्रतिस्पर्धा (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० मंसिर १६ गते २०:३५

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् ।

दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन् ।

एनएसएलको तेस्रो खेलसम्म आउँदा दुबै टिम अपराजित रहन सफल भएका छन् । अगाडिका दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी नतिजा हो । ललितपुरले भने पहिलो खेल जितेको थियो र त्यसपछिका दुई खेल बराबरी खेलेको  छ ।

शनिबारको खेलपछि धनगढीको ७ अंकका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?