१० वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर टुको गेस्टको रुपमा ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोस दशरथ रंगशालामा उपस्थित भएका छन् ।
उनी आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको निमन्त्रणामा आज बिहान नेपाल आइपुगेका हुन् ।
नेपाल आएका कार्लोसले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको निम्तो दिएका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्ने पनि बताएका थिए ।
हेर्नुहोस् थप तस्वीरहरू :







 
                    










 २०८२ वैशाख  १० गते १८:४९
                        २०८२ वैशाख  १० गते १८:४९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4