+
+

भूकम्पपीडितका लागि सञ्चारमन्त्रीबाट सिरक हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते ९:४४
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । फाइल फोटो

१७ मंसिर, रुकुमपश्चिम । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुम पश्चिमका भूकम्प पीडितका लागि सिरक हस्तान्तरण गरेकी छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ५०० थान सिरक हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ ।

चिसोका कारण भूकम्प पीडितलाई समस्या परिरहेकाले थोरै भए पनि सहयोग होस् भनेर न्यायो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले बताइन् ।

मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा छिन् । उनी आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावितस्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सन्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

मन्त्री शर्माले शनिबार सल्यानमा पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उदघाटन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?