+
+

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते ११:२२

काठमाडौं । अनौपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।

सामाजिक सुरक्षा दिवसको अवसरमा शुक्रबार इन्स्पायर नेपालले काठमाडौंमा गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सवालमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन कमजोर रहेको बताए ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा लामो समयदेखि सामाजिक संरक्षणका फरक-फरक कार्यक्रम सञ्चालित हुँदै आउँदा समस्या भइरहेको बताए । ती कार्यक्रम आ-आफ्नै ऐन, कानुन र कार्यविधिद्वारा निर्देशित हुँदै आएकाले कार्यान्वयनमा कानुनी र संरचनागत एकरूपता नभएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक डा. दीपेश घिमिरेले सामाजिक सुरक्षाको वर्तमान अवस्था, उपलब्धि, समस्या र आगामी दिनमा सबै नागरिकको पहुँचमा सामाजिक सुरक्षा कार्यक्रम पुर्‍याउन के गर्न आवश्यक छ भन्ने सुझाव दिए ।

कार्यक्रममा सामाजिक संघसंस्थाका प्रतिनिधि, ट्रेड युनियनका प्रतिनिधिलगायत ४५ जनाभन्दा बढीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?