+
+

‘कबड्डी २’ का मैयाँ र काजीले आठ वर्षपछि ‘रिमै’मा जोडी बाँध्दै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १२:१६

काठमाडौं । आठ वर्षपछि दयाहाङ राई र रिश्मा गुरुङलाई दर्शकले पुनः पर्दामा जोडीको रुपमा देख्न पाउने भएका छन् । यी दुईले आगामी एक सोसल–रोमान्टिक फिल्म ‘रिमै’मा स्क्रिन–सेयर गर्ने पक्का भएको छ ।

उनीहरुले पछिल्लोपटक २०७२ सालमा रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी’मा सहकार्य गरेका थिए । ‘कबड्डी’मा रिश्माको मैयाँ चरित्र चर्चित भएको थियो ।

‘मन्त्र’ फेम्ड खिलबहादुर गुरुङले निर्देशन गर्ने यो फिल्मलाई गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा बनाउन लागिएको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ । ब्लकबस्टर ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको यसमा पटकथा छ ।

फिल्ममा दयाहाङ र रिश्मासहित वीरबल घले शीर्ष भूमिकामा रहने उल्लेख छ । चैतदेखि फिल्मको छायांकन उत्तरी गोरखामा गर्ने तयारी छ । फिल्मबारे अनलाइनखबरसँग कुरा गर्दै निर्देशक गुरुङले गुरुङ समुदायको सामाजिक कथावस्तुमा फिल्म बनाउन लागेको बताए ।

‘यसमा गुरुङ समुदायको यथार्थपरक कथावस्तु हुनेछ । कमेडी र प्रेमकथा पनि यसमा हुनेछ,’ गुरुङले अनलाइनखबरसँग भने । खिलले अघिल्लो फिल्म ‘मन्त्र’लाई पनि गोरखामा छायांकन गरेका थिए ।

फिल्मको कार्यकारी निर्मातामा वीरबल घलेसहित टीका गुरुङ, प्रकाश गुरुङ, जित यात्री गुरुङ र सचिकुमारी घले छन् । दुनबहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सहनिर्माता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?