+
+

भारतमा दुई दिनमा ‘एनिमल’ले कमायो १३१ करोड, नेपालमा पनि आक्रामक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १३:२६

काठमाडौं । रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपाल, भारतसहितका बजारमा उछाल कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मले नेपालमा दुई दिन (शुक्रबार र शनिबार)मा तीन करोड नेरु ग्रस कमाइ गरेको छ ।

टिकट बिक्री र अकुपेन्सी ट्रेन्ड हेर्दा पहिलो साता ‘एनिमल’ले नेपालमा राम्रै कमाइ गर्न सक्ने देखिन्छ । भारतमा भने यो फिल्मले दुई दिनमा १३१.०७ करोड भारु नेटको कमाइ गरेको छ । जसअनुसार हिन्दी संस्करणमा शुक्रबार ५४.७५ करोड भारु र शनिबार ५८.३७ करोड भारु कमाइ छ ।

दुई दिनमा दक्षिण भारतीय भाषामा मात्र फिल्मले १७.९५ करोड भारु कमाएको बलिउड व्यापार विश्लेषक तरण आदर्शले जनाएका छन् । विक्की कौशल स्टारर ‘सामबहादुर’ले भारतमा शुक्रबार शनिबार १५.२५ करोड भारु नेट कमाएको छ । यो फिल्मले पहिलो विश्वभर ११५ करोड भारु कमाएको पिंकभिल्लाले जनाएको छ ।

भारतीय सेनाका फिल्ड मार्सल साम मेनकसाको बायोपिक यो फिल्मले शुक्रबार ६.२५ करोड भारु र शनिबार ९ करोड भारु नेट कमाएको जनाइएको छ । नेपालमा पनि यो फिल्मले शुक्रबारभन्दा शनिबार बढी कमाइ गरेको देखिएको छ । सकारात्मक समीक्षाको कारण यो फिल्मले पिकअप लिने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?