+
+

अनलाइन मार्फत यौन व्‍यवसाय गरेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १८:२८

१७  मंसिर, काठमाडौं। अनलाइन मार्फत यौन व्‍यवसाय सञ्‍चालन गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्‍न ठाउँबाट ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वर लगायत ठाउँबाट अनलाइन मार्फत यौन व्यवसाय सञ्चालनमा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  रामेछापको दोरम्बा-३ घर भई हाल  ललितपुर बस्‍ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको  लिखु गाउँपालिका-७ घर भई हाल कागेश्वरी मनोहरा बस्‍ने ३३ वर्षीय गोपाल थापा,  सिन्धुलीको सुनकोशी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कालोपुल बस्‍ने ४४  वर्षीय सेते सार्की, सल्यानको कपुरकोट-५ घर भई हाल काठमाडौंको बालाजु-१६ बस्‍ने २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगर-१६ बस्‍ने अमृत रोक्का रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयका  प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?