+
+
नेपाल सुपर लिग २०२३ :

तथ्यांकमा ललितपुरविरुद्ध वीरगञ्ज : ललितपुरलाई शीर्ष स्थानमा पुग्ने मौका

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १०:२३

१९ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा मंगलबार ललितपुर सिटी एफसीले वीरगञ्ज युनाइटेडको सामना गर्दैछ । दशरथ रंगशालामा साँझ ५ बजे हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. ललितपुर र वीरगञ्जबीचको खेल यसपल्टको प्रतियोगिताको १४ औं र समग्रमा ३९ औं खेल हुनेछ ।

२. वीरगञ्जले यसपल्टदेखि मात्र प्रतियोगिता खेल्न थालेको हुनाले यो ललितपुरसँगको पहिलो भेट हुनेछ ।

३. ललितपुरको तीन खेलबाट पाँच अंक छ र लिग तालिकाको दोस्रो स्थानमा छ । अहिलेसम्म अपराजित ललितपुरसामु वीरगञ्जलाई हराएर लिग तालिकाको शीर्ष स्थानमा जाने अवसर छ ।

४. ललितपुरले आफ्ना तीनै खेलमा क्लिन सिट राखेको छ र पछिल्ला यी तीन खेलका २७० मिनेटको खेलमा कुनै गोल खाएको छैन । पहिलो खेलमा बुटवल–लुम्बिनीलाई २–० ले हराएको ललितपुरले त्यसपछि पोखरा र धनगढीसँग लगातार गोलरहित बराबरी खेलेको थियो ।

५. ललितपुरले पछिल्ला २ सय ३८ मिनेटमा कुनै गोल गर्न पनि सकेको छैन् ।

६. ललितपुरले समग्रमा अहिलेसम्म खेलेका ११ खेलमध्ये चार खेलमा विजयी रहेको छ पाँच खेल बराबरीमा टुंगेको छ । यस्तै दुई खेलमा पराजित रहेको छ ।

७. वीरगञ्जले अहिलेसम्म खेलेका दुवै खेलमा पराजित रहेको छ र शून्य अंकमा नौ टिम सम्मिलित तालिकाको पुछारमा छ । वीरगञ्ज यसपल्ट अंकको खाता खोल्न असफल एक्लो टिम रहेको छ ।

८. वीरगञ्ज आफ्नो पहिलो खेलमा धनगढीसँग २–१ ले पराजित भएको थियो । दोस्रो खेलमा पनि समान २–१ कै स्कोरमा चितवनविरुद्धको खेल गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?