+
+

दार्चुलाबाट सर्‍यो महाकाली नदी नियन्त्रण आयोजना

रासस रासस
२०८० मंसिर १९ गते १५:०६

१९ मंसिर, खलङ्गा (दार्चुला) । दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजना बैतडीको पाटन सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको यो आयोजना नाम परिवर्तन भएर बैतडी सरेको हो ।

सोमबार आयोजना प्रमुखसहित कर्मचारी बैतडीको पाटन हिँडेका छन् भने दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकेर हाललाई खटाइएको आयोजना प्रमुख दिनेशप्रसाद आचार्यले बताए ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो । सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको छ । त्यहाँको कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला हेर्ने गरी बनाइएको छ ।

नदी नियन्त्रणका लागि १९ वटा प्याकेजमा काम भइरहेको र अझै दुई वटा प्याकेजको काम बाँकी रहेको छ । यस्तै गतवर्ष लास्कु खोलामा आएको बाढीले करिब एक किलोमिटर तटबन्धमा क्षति पुर्‍याएको थियो ।

काम बाँकी छँदै कार्यालय सार्ने निर्णयप्रति दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले पटक-पटक प्रधानमन्त्री र मन्त्रीलाई भेटेर लिखित तथा मौखिक असन्तुष्टी जनाएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?