+
+

क्राइम-थ्रिलर फिल्म ‘११ : ५५’ मा सृष्टि श्रेष्ठ र महेश त्रिपाठी अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १३:१४

काठमाडौं । फिल्म ‘११:५५’ मा सृष्टि श्रेष्ठ र महेश त्रिपाठी अनुबन्धित भएका छन् । केशव पाण्डेको डेब्यु निर्देशन रहने फिल्मको छायांकन आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

फिल्मको शीर्ष भूमिकामा सृष्टि र महेशसँगै करिश्मा श्रेष्ठ, बुद्धि तामाङ र एमएस अग्रजको शीर्ष भूमिका हुनेछ । लामो समयदेखि अष्ट्रेलियामा बसेर छोटा फिल्म निर्देशन गर्दै आएका पाण्डेले क्राइम थ्रिलर फिल्म बनाउन लागेका हुन् ।

एमएस अग्रजसहित शेखर ज्ञवाली र निर्देशक पाण्डेको पटकथा लेखन रहने यो फिल्मको घोषणा चाहिं बिहीबार काठमाडौंमा गर्ने तयारी छ । श्याम शर्मा र सरोजा शर्मा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अग्रज छन् ।

अभिनेतृ सृष्टि श्रेष्ठको पछिल्लो फिल्मको रुपमा ‘प्रेमा’ थियो । महेशले चाहिं पछिल्लोपटक ‘हल्कारा’मा काम गरेका थिए । हल्कारा यस वर्षको लागि नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?