+
+

शक्तिशाली राजनीतिज्ञलाई उछिन्दै टेलर स्वीफ्ट ‘टाइम वर्ष व्यक्ति’ घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते २१:००

काठमाडौं । गायिका टेलर स्वीफ्टलाई सन् २०२३ फापेजस्तो देखिन्छ । यो वर्ष उनको बहुचर्चित इरास टूरको सुरुआत भयो । उनी यही वर्ष आधिकारिकरुपमा अर्बपति घोषित भइन् ।

फोर्ब्स म्यागजिनले उनलाई यसवर्ष संसारकै शक्तिशाली महिलाको सूचीमा समावेश गर्‍यो । यो सफलतामा गायिका स्वीफ्टलाई प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ को वर्ष व्यक्तिको रुपमा घोषणा गरेको छ ।

उनको इरास टूरले बक्सअफिस रेकर्ड तोड्यो । टिकट मास्टरको साइट नै अवरुद्ध हुँदा यो विषय अमेरिकी संसदमा बहसको विषय समेत बन्यो । उनको यो कन्सर्टलाई अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, जलवायु अभियन्ता ग्रेटा थनबर्ग लगायतले पछ्याएका छन् ।

उनले म्यागजिनलाई भनेकी छन्- मैले अहिलेसम्म महसुस गरेको सबैभन्दा गर्व र खुसीको क्षण हो यो ।’

म्यागजिनका प्रधान-सम्पादक साम ज्याकब्सले अमेरिकी पप आइकन रहेकी स्वीफ्ट आफ्नो कथाको नायक र लेखक दुबै रहेको बताए । ‘स्वीफ्टले सीमाना पार गरेकी छिन् र उनी प्रकाशको स्रोत समेत हुन्’ उनले भने ।

सोमबार टाइम म्यागजिनले उपाधिका लागि नौ उम्मेदवारको छोटो सूची घोषणा गरेको थियो जसमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बार्बी र हलिउडका चर्चित कलाकार र लेखक थिए ।

यसवर्ष स्वीफ्टको इरास टूरमा आधारित कन्सर्ट फिल्म रिलिज भयो जसले विश्व बक्सअफिसमा २४९ मिलियन डलर कमायो । स्विफ्ट १९८९, मिडनाइट्स, फोकलोर, लभर एन्ड स्पिक नाउको साथमा एकै साथ पाँचवटा एल्बम शीर्ष १० मा समेटिने पहिलो जीवित कलाकार बनिन् ।

उनी सर पल म्याककार्टनी र लियोनेल रिचीलाई पछि पार्दै वर्षको गीतको लागि सात ग्रामी नामांकन प्राप्त गर्ने पहिलो गीतकार बनिन् । उनको भ्रमणलाई स्पोटीफाइ र एप्पल म्युजिकको इतिहासमा सबैभन्दा धेरै स्ट्रिम गरिएको महिला कलाकारको रूपमा नाम दिइएको छ ।

गत महिना उनलाई व्यावसायिक प्रकाशन ब्लूमबर्गले अर्बपति घोषित गरेको थियो जसले उनको कुल सम्पत्ति १.१ बिलियन डलर अनुमान गरेको थियो । अहिले तीन संगीतकर्मी रिहाना, बियोन्से र जे जेड मात्र अर्बपतिको सूचीमा छन् ।

यद्यपि, स्विफ्ट मात्र संगीतमा आधारित अर्बपति हुने पहिलो महिला हुन् । उनका प्रतिस्पर्धी सेलेव्रिटीले फेसन, सौन्दर्य उत्पादन र हाई–फाई उपकरणमा व्यापार उद्यम चलाउँदै आएका छन् ।

फेब्रअरीमा आफ्नो इरास टूरको एसियाली र अष्ट्रेलियाली कार्यक्रम थाल्नुअघि उनी अहिले विश्राममा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?