+
+
Shares

काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवती मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा निशा सुनार मृत अवस्थामा फेला परेकी छन्।
  • गेस्ट हाउस सञ्चालकले कोठाबाट दुर्गन्ध आएपछि खबर गर्दा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।
  • प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।

४ साउन, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् ।

नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको र अहिलेसम्म कोही पनि पक्राउ परिनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?