+
+

आर्टमाण्डुले ल्यायो सांगीतिक फिल्म ‘पञ्चमी मेला’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १३:३०

काठमाडौं । आर्टमाण्डुले नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक गरेको छ । रैथाने संस्कृतिलाई संगीतमा मिसाएर दर्शकमाझ ल्याउँदै आएको यो समूहले ‘पञ्चमी मेला’मार्फत पाँचथरको पञ्चमी बजारको कथा पेश गरेको छ ।

यो म्युजिकल फिल्म समेत हो । फेसबुकमा भिडियो सार्वजनिक गर्दै निर्देशक नवीन चौहानले जीवन स्मृतिलाई यसमा समेटिएको उल्लेख गरेका छन् ।

उनी लेख्छन्- मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो । मेरो जीवनमा पहिलो पटक साथीहरु बनेका यही पञ्चमीका हुन् । पहिलो पटक भिडियोमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो । पहिलो हाट बजार भरेको अनुभव यही पञ्चमीको छ ।’

आठ मिनेट लामो भिडियोमा पञ्चमी बजारमा पुगेका दुई युवायुवतीको प्रेममार्फत निर्देशकले पूर्वेली स्वाद पस्किएका छन् । पाँचथरका युवक र इलामबाट सिमी बेच्न पुगेकी युवतीको भेटसँगै कथा अघि बढ्छ । युवतीको हात माग्न युवक घरसम्म पुग्छन् ।

यो गीतमा अन्जु पन्त र भूषण खतिवडाको स्वर छ । भूषणकै संगीतमा हर्क साउदले गीत लेखेका छन् ।

भिडियोमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ । गीतलाई योगेश ढकालले खिचेका हुन् भने नवीन र केर कोइँच लिनुचले निर्देशन गरेका छन् ।

यसअघि आर्टमान्डूले पाहुना हजुर, फूल थुँगे रानी, तीनपाते, घुमीघुमी, चन्द्रमा, के माया लाग्छ र लगायतका गीत ल्याइसकेको छ । अहिले आर्टमान्डू फिचर फिल्म ‘ऊनको स्वीटर’ निर्माण तयारीमा छ । यो फिल्ममा बिपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?