+
+

विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीले गरे इजरायली अधिकारीसँग कुराकानी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १५:०९

२२ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका  हमास इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् ।

मन्त्री साउदको सचिवलायका अनुसार शुक्रबार बिहान भएको टेलिफोन संवादमा हिर्शले जोशीको रिहाइका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिएका छन् ।

‘विपिन जोशीको रिहाइका बारेमा हामीले आफ्नो तर्फबाट सकरात्मक प्रयास गरिरहेका छौँ । यसअघि युद्धविरामको समयमा रिहाई गर्ने भरपुर कोशिस गरिएको थियो, त्यसलाई हामीले निरन्तरता दिइरहेका छौं’, इजरायली विदेशमन्त्री कोहेनले साउदसँगको टेलिफोन संवादका क्रममा भने ।

परराष्ट्रमन्त्री साउद ‘दोहा २१ औं फोरम’ मा सहभागी हुन शनिबार कतार जान लागेका छन् । कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइको पनि पहल गर्ने बताइएको छ ।

यसअघि ८ मंसिरमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुखैरीसँग मन्त्रालयमा भएको भेटमा पनि रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?